दफा २६
रजिष्टरीको सम्बन्धमा नियमहरु बनाउने अधिकार
: (१) हुलाक वस्तुहरुको रजिष्टरी सम्बन्धमा नेपाल सरकारले नियमहरु बनाउन सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी खास गरेर ती नियमहरुमा देहायका कुराहरुको व्यवस्था गर्न सकिनेछ ।
(क) रजिष्टरी गर्नुपर्ने कुराहरु,
(ख) रजिष्टरीको निमित्त लाग्ने दस्तुर तिर्ने तरिका, र
(ग) रजिष्टरी गर्नुपर्ने तर लाग्ने दस्तुर अगावै नतिरी पोष्टिंग गरिएको हुलाक वस्तुलाई ठेगानावालालाई डेलिभरी गर्दा वा पठाउनेलाई फिर्ता डेलिभरी गर्दा दोब्बर दस्तुर लाग्ने।
(घ) हराएको रजिष्टरीको खोज तलास गर्ने तरिका र सो हराए वापत दिइने क्षतिपूर्तिको रकम ।
(३) रजिष्टरीको निमित्त पोष्टिंग भएका हुलाक वस्तुहरुलाई रजिष्टरी गरिएपछि महानिर्देशकले समय समयमा आदेश जारी गरी तोकिदिएको समयमा र तरिका अनुसार ठेगानावालालाई डेलिभरी गरिनेछ वा पठाउनेलाई फिर्ता डेलिभरी गरिनेछ ।